७ सय ३४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कसले कति पालिका जिते ?

स्थानीय तह निर्वाचनकाे अन्तिम मतपरिणाम सार्वजनिक हुने क्रम करिब अन्तिम चरणमा छ । देशभरका ७ सय ५३ वटा पालिकामध्ये हालसम्म ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको हो । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ ।

कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । क्रमश: २ सय र १ सय २३ पालिका जित्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र दाेस्राे र तेस्राे स्थानमा छन् । एमाले ७७ नगरपालिका र १२३ गाउँपालिकामा प्रमुख जितेको हो । माओवादी केन्द्रले भने २४ नगरपालिका र ९६ गाउँपालिका गरी १ सय २० पालिकाको प्रमुख पद जितेको छ । 

यस्तै, जनता समाजवादी पार्टीले २९, नेकपा एकीकृत समाजवादीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १५ वटा पालिकाको प्रमुख पद जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले समान ४ पालिकाको प्रमुख पद जितेका छन् । 

यस्तै, जनमत पार्टीले २ तथा नेपाल मजदुर किसान, विवेकशील साझा, तरार्इ मधेर लाेकतान्त्रिक पार्टी र जनप्रगतिशील पार्टीले समान १ पालिकाको प्रमुख जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ पालिकाको पालिकाको प्रमुख पद जितेका छन् ।

मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण 

नेपाली कांग्रेस  
मेयर/अध्यक्ष=३ सय २१
उपमेयर/उपाध्यक्ष=२ सय ९५

नेकपा एमाले 
मेयर/अध्यक्ष=२ सय
उपमेयर/उपाध्यक्ष=२ सय २८

माओवादी केन्द्र
मेयर/अध्यक्ष=१ सय २०
उपमेयर/उपाध्यक्ष=१ सय २८

जसपा
मेयर=अध्यक्ष=२९
उपमेयर/उपाध्यक्ष=३०

एकीकृत समाजवादी
मेयर/अध्यक्ष=१९
उपमेयर/उपाध्यक्ष=२१

लोसपा
मेयर/अध्यक्ष=१५
उपमेयर/उपाध्यक्ष=११

राप्रपा
मेयर/अध्यक्ष=४
उपमेयर/उपाध्यक्ष=४

जनमोर्चा
मेयर/अध्यक्ष=४
उपमेयर/उपाध्यक्ष=३

नागरिक उन्मुक्ति पार्टी
मेयर/अध्यक्ष=४
उपमेयर/उपाध्यक्ष=३

जनमत पार्टी
मेयर/अध्यक्ष=२
उपमेयर/उपाध्यक्ष=१

मजदुर किसान पार्टी
मेयर/अध्यक्ष=१
उपमेयर/उपाध्यक्ष=१

तमलोपा
मेयर/अध्यक्ष=१

जनता प्रगतिशील पार्टी
मेयर/अध्यक्ष=१
उपमेयर/उपाध्यक्ष=१

विवेकशील साझा
मेयर/अध्यक्ष=१
उपमेयर/उपाध्यक्ष=१

स्वतन्त्र 
मेयर/अध्यक्ष=१२
उपमेयर/उपाध्यक्ष=४

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *