युवकको घाँटी रेटी हत्या आरोपमा २ जना पक्राउ

वीरगञ्ज : एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले २ युवकलाई पक्राउ गरेको छ । बारा जितपुर सिमरा-१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार यहि जेठ ६ गते बस्डिल्वा स्थित कठोहखोला छेउमा बालुवामा पुरिएको अवस्थामा पासवानको शव फेला परेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *