घोडाघोडीमा बस दुर्घटना १ जनाको मृत्यु, ४ घाईते

कैलाली : कैलालीकाे घोडाघोडी नगरपालिका-१०,पहलमानपुरमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । नगरकाे आमखैया स्थित पुर्वपश्चिम राजमार्गमा सोमबार बस दुर्घटना हुँदा सहचालक लम्कीचुहा-२ का २० वर्षीय पारस खत्रीकाे उपचारका क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

कर्णाली रिभर्र साईडको ना ५ ख ८६९१ नम्बरकाे बस साँझकाे समयमा ब्रेक फेल भर्इ नालामा पल्टिदा बसमा सवार अन्य चार जना घाईते भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकास जोशीले जानकारी दिएका छन् । बसचालक बसन्त वि. क लार्इ इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अघि बढाएको प्रवक्ता जोशीले जानकारी दिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *