काठमाडाैं । चर्चित नायक अनमोल केसी र नायिका पूजा शर्मा पहिलोपटक चलचित्रमा संगै देखिने भएका छन् । सुदर्शन थापाले निर्देशन गर्ने भनिएकाे चलचित्रकाे नाम भने सार्वजनिक गरिएकाे छैन् । अनमोलले पूजाको आफू ठूलो फ्यान रहेको बताउँदै फिल्ममा काम गर्ने इच्छा रहेको बताएका थिए । पूजाले पनि आफ्ना हरेक फिल्म पहिला अनमोललाई अफर हुने गरेको भएपनि सहकार्य हुन नसकेकोमा मन खल्लो रहेकाे बताएकी थिइन् ।
फिल्मको छायांकन कात्तिकपछि मात्र सुरु हुने भनिएकाे छ । अनमाेल र पूजाकाे जाेडी रहने भनिएकाे चलचित्र भन्दा पहिले सुदर्शनले ‘प्रसाद २’ को छायांकन र प्रदर्शन सक्नेछन् भने अनमोलले हालसालै साइन गरेको फिल्म ‘छड्के २’ को छायांकन पुरा गर्नेछन् । फिल्म ‘म यस्तो गीत गाउँछु’ देखि पूजाले सुदर्शन थापासँग मिलेर फिल्म निर्माण गर्दै आएकी थिइन् । तर, यसपटक अनमोलसँगको फिल्म पूजाको होम प्रोडक्सनमा मात्र निर्माण हुनेछ ।













