नेपाल आयल निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि ४ सय ४५ सम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ-धनगढीको भाडा ४ सय ४५ रूपैयाले बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ-सिमराको भाडा ३ हजार ७ सय २५ कायम भएको छ भने काठमाडौँ-धनगढी १५ हजार ६ सय ६५ छ । काठमाडौँ–भद्रपुर ११ हजार ९ सय ३५, काठमाडौँ-विराटनगर ९ हजार ३ सय २५, काठमाडौँ-जनकपुर ५ हजार २ सय ५०, काठमाडौँ-भरतपुर चार हजार ४ सय ३५ र काठमाडौँ-पोखरा ६ हजार ३ सय ५ कायम भएको छ।
काठमाडौँ-भैरहवा ७ हजार ८ सय ८०, काठमाडौँ-नेपालगञ्ज १२ हजार ८ सय ९५ र काठमाडौँ-तुम्लिङटार ७ हजार ४ सय ६० कायम भएको छ । माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७ सय ६५ कायम भएको संघ जनाएको छ । नेपाल आयल निगमले आर्इतवार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रूपैयाले वृद्धि गरेको थियो । अहिले हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १ सय ६६ रूपैया रहेकाे छ ।













