घोडाघोडीका नगर प्रमुख रावतले गरे पदभार ग्रहण

सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा नव निर्वाचित नगर प्रमुख खडक बहादुर रावतले आज पदभार ग्रहण गरेका छन् । आज नै जिल्ला अदालत कैलालीमा पद तथा गोपनियताको सफत खाएका रावतले आजै पदभार ग्रहण गरेका हुन् । ३ दलिय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट घोडाघोडी नगरपालिकाको नगर प्रमुखमा खडक रावत निर्वाचित भएका हुन् । उनले अाजै सुकुम्बासी, अव्यवस्थित बसोबास र भूमिहीनहरूको लागी चालु आर्थिक वर्षमै जग्गाको लगत संकलन र नाप जाँच सुरु गरि निर्धारित समयमै लालपुर्जा बितरण गर्ने निर्णय समेत गरेका छन् । पदभार ग्रहण गर्दै आफू सधै घोडाघोडी नगर बासिहरूको हक हितमा काम गर्ने रावतले बताए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *