काठमाडौं। कुनै समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल झण्डै ८ वर्षपछि नेपाल फर्किएकी छन् । अमेरिका बस्दै आएकी लम्साल यसै साता नेपाल आइपुगेकी हुन् । नेपाल आएसंगै उनले आफन्त र फिल्म क्षेत्रका साथीसँग भेटघाट गरिरहेकी छन् । मंगलबार उनले अभिनेत्री रेखा थापालाई भेटिन् ।
काठमाडौं आइपुगेकी अरुणिमा दुई महिना नेपालमा रहने जानकारी इन्स्टाग्राममार्फत दिएकी छन् । आमा र छोरीसहित अरुणिमा नेपाल आएकी हुन् । उनले आफ्नाे जीवनमा करिब ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छन् ।













