सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले बुधवार १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा नगर भित्र रहेका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा पावर टिलर ट्याक्टर वितरण गरेको छ ।
कृषि यान्त्रिकीकरणका गरी कृषि उत्पादन बढाउनमा किसानहरूलाई सहजता होस भन्ने उद्देश्यले पावर टिलर ट्याक्टर वितरण गरिएको घोडाघोडी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएका पावर टिलर ट्याक्टरका लागि आवेदन गरेका ९३ कृषक मध्ये छनोटमा परेका २३ जना किसानलाई पावर टिलर ट्याक्टर वितरण गरिएको हो ।
विगत तिन वर्ष देखि नगरपालिकाबाट कुनै पनि अनुदान नलिएका कृषकलाई छनोटका क्रममा पहिलो प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।













