सुखड । कैलालीमा गए राती १२ बजेदेखि परेको अविरल वर्षाका कारण घोडाघोडी नगरपालिका वार्ड नम्बर २ र ६ जोड्ने बौराहा खोलामा रहेको दुर्इ काठे पुल बगाउँदा स्थानीयलाई आवत जावत गर्न कठिनाइ भएकाे छ ।

नगरपालिका वार्ड -२ स्थित चित्तलपुर हुँदै वार्ड -६ र ८ जोड्ने गाई फारम नजिकै को पुल खाेलामा अाएकाे बाढीका कारण गए राति नै बगेको हो । उक्त काठे पुल बग्दा ६ र ८ का स्थानीय आउने मूल बाटो नै बन्द भएकाले किनमेलका लागि बजारक जान निकै समस्या देखिएकाे छ ।
पक्कीपुल निर्माणका लागि पटक पटक गुहार्दा समेत कसैले वास्ता नगरेको भन्दै स्थानीय अाक्राेसित बनेका छन् । दैनिक रूपमा प्रयोग गर्दै आएको पुल बग्दा स्थानीयलाई वर्षायाममा दैनिक उपभोग्य सामाग्री किनमेलका लागि स्थानीय बजार सम्म पुग्न समस्या हुने देखिएको छ ।

गत वर्ष भदौमा आएको बाढीका कारण पनि सोही पुल बगेको थियो तर केही समय पछि पुन: निर्माण गरिएको थियाे । अस्थायी रूपमा बारम्बार पुल निर्माण गर्ने तर दीर्घकालिक उपायका रूपमा पक्कीपुल निर्माणमा सरकारले तदारुकता नदेखाउँदा वर्षेनी स्थानीयले दुःख पाइरहेका छन् ।
साबिकको साडेपानी गाउँ विकास समितिले स्थानीयहरूको आवतजावतलाई केही सहज बनाउन सो नदीमा काठे पुल निर्माण गरेको थियो ।
नगरपालिकाको वडा नम्बर ८ तारा नगर, वडा नम्बर २ साडेपानी र बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मुडा बजार हुँदै वडा नम्बर ६ मा पुग्न सकिने भए पनि स्थानीयहरूको मूल बाटो नै बौराह खोलाको पुल भन्दै आएको थियाे ।

गए रातिनै बाढीले सोही बौराहा खोला वार्ड नम्बर २ सिरानगर मा रहेको अर्को काठे पुल पनि बगाएको छ । वार्ड नम्बर २ भित्रकै बस्ती जोड्ने रूपमा उक्त पुल रहे पनि वार्ड नम्बर ६ मा जान समेत स्थानीयले उक्त पुलको प्रयोग गर्दै आएका थिए । तर दुवै ठाउँको पुल नै बगाउँदा प्रत्यक्ष रूपमा वार्ड नम्बर ६ र ८ का स्थानीयलाई समस्या परेकाे छ ।













