एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टोलीका कप्तान इयोन मोर्गानले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । २००६ साल देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका ३५ वर्षीय मोर्गनले १६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट खेल जीवनबाट संन्यास लिने घोषणा गरेका हुन् । सन् २००६ मा आयरल्यान्डबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका मोर्गन सन् २००९ देखि भने इंग्ल्यान्डको राष्ट्रिय टोलीमा आबद्ध भएका थिए ।
उनकाे कप्तानीमा इंग्ल्यान्डकाले १ सय २६ एकदिवसीय खेलमध्ये ७६ मा टोलीलाई जित निकालेकाे थियाे । सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले उनकै कप्तानीमा घरेलु मैदानमा जितेको थियो ।
मोर्गन इंग्ल्यान्डका सफल एकदिवसीय कप्तानमा पर्ने गर्दछन् । उनले इंग्ल्यान्डका लागि २ सय २५ एकदिवसीय खेलमा १३ शतक सहित ६ हजार ९ सय ५७ रन बनाएका छन् । उनी इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेल्नु पूर्व आयरल्याण्डको राष्ट्रिय टाेलीबाट क्रिकेट खेलेका थिए । आयरल्यन्डबाट खेल्दा उनले एकदिवसीय खेलमा १ शतक समेत प्रहार गरेका थिए ।
उनले इंग्ल्यान्डका लागि ७२ टी २० खेलमा कप्तानी गर्दा ४२ खेलमा जित दिलाउन सफल भएका थिए ।













