वामदेव गौतमले गरे ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ दलकाे घाेषणा

काठमाण्डौ। नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका वामदेव गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक नयाँ दल घोषणा गरेका छन् । काठमाण्डौमा आज एक कार्यक्रम गरेर गाैतमकाे संयोजकत्वमा नयाँ दलको  घोषणा गरिएकाे हो । दलको सचिवमा डीबी कार्की रहेकाे बताइएको छ ।
आज घोषणा भएको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएकाे जनाइएको छ ।

वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गरिएकाे छ । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसद रहेकी छ ।

Leave a Reply