काठमाडौं । नेपालमा थप ४१ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१ जनामा काेराेना संक्रमण पोजेटिभ पाइएको हाे । पछिल्लो २४ घण्टामा २० जना कोभिड- १९ संक्रमित संक्रमणमुक्त भएका छन् । नेपालमा हाल २०८ सक्रिय संक्रमित रहेका छन् ।
काेराेना महामारी पछिल्लो समय तीब्र रूपमा नफैलिएको भए पनि सावधानी अपनाउन सरकारले आग्रह समेत गर्दै आएको छ ।













