कैलालीमा । कैलालीको गोदावरी नगरपालिका -४, गाईमोरमा चालकलाई कुटपिट गरि कारमा सवार तीन जना फरार भएका छन् । आईतबार कञ्चनपुरबाट जोगबुढा तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२३ च ८७२१ नं. को कारमा लिफ्ट मागी बसेका तीनजनाले चालकलाई कुटपिट गरी कार सहित फरार भएका हुन् ।
दिउँसो एक बजे कञ्चनपुर देखि जोगबुढा तर्फ जाँदै गरेका कञ्चनपुर बेदकोट नगरपालिका-३ का ३७ वर्षीय लोकेन्द्र भण्डारीले चलाएको कारमा लिफ्ट मागी बसेका तीनजना अपरिचित व्यक्तिले चालकलाई कुटपिट गरेका छन । उनीहरूले डडेलधुराकाे अालिताल गाउँपालिकाका कम्प्युटर अपरेटर भण्डारीकाे हातखुट्टा कपडाले बाँधी सडक देखि १ सय मिटर तल जंगलमा खसालेका थिए । चालकको साथमा रहेको मोबाईल, पर्स र कार समेत चोरी गरेर फरार भएका तीन जनाको खोजी र कार कैलालीकाे अत्तरियामा फेला परेका प्रहरीले जनाएकाे छ ।












