काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू मात्र हेरफेर मन्त्रिपरिषद् पुनर्गठन भएकाे छ भने अन्य पार्टीका मन्त्रीहरू यथावत रहेका छन् ।
पुनर्गठित मन्त्रिमण्डलमा एकीकृत समाजवादीबाट सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, श्रम मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेको उल्लेख गरेको छ ।













