पर्यटन मन्त्री आलेको दिए राजिनामा, ९० प्रतिशत सफल रहेको दावी

photo: reporters nepal

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले मगरले राजिनामा दिएका छन् ।  आज मन्त्री आलेले पत्रकार सम्मेलनको आयोजना गरि पार्टीले गरेको निर्णय बमोजिम आफूले राजिनामा दिएको बताएका छन् ।  आफ्नो कार्यकाल  ९० प्रतिशत सफल रहेको दावी समेत गरेका एक्सन मन्त्री को रूपमा परिचित आले नागरिक उड्यन प्राधिकरणका अध्यक्षलाई  अश्लिल शब्द प्रयोग गरि गालीगलौज गरेको अडियो सार्वजनिक भए पछि चौतर्फी आलोचित भएका थिए ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका तर्फ बाट संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका आलेले छोटो समयमै महत्वपूर्ण कार्य गरेका भन्दै उनलाई ‘एक्सन मन्त्री’  को उपमा दिइएको थियो ।

एकीकृत समाजवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्रीलाई  फिर्ता बोलाउने निर्णय गरे पछि सङ्कटमा परेका आलेले आज मात्र राजिनामा दिएका हुन् ।

आफुले चाहेर पनि राम्रो काम गर्न नपाएको भन्दै उनले हरपल कार्यकाल अवधि ८ महिना २० दिन जनताको सेवामा तल्लिन रहने प्रयत्न गरेको बताएका छन् । 

 

Share

Leave a Reply