सार्वजनिक यातायातको भाडा दर घट्यो 

काठमाण्डौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक सवारी साधनको भाडा दरमा समायोजन गरेको छ । आज सूचना जारि गर्दै पेट्रोलिय पदार्थ मूल्य वृद्धि भए संगै गत असार ६ गते यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडामा वृद्धि गरेको थियो । पुनः सरकारको अनुमतिमा नेपाल आयल निगमले गए रातिबाट पेट्रोल र डिजेलको मूल्य घटाए सँगै आज व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित प्रणालीअनुसार घटाएको हो।

विभागका अनुसार डिजेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ घटेकाले सार्वजनिक सवारी साधनको भाडादरमा पनि कटौती गरिएको जनाइएको छ । इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा विभागले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ।

विभागको सूचना अनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका यात्रुबाहक र मालबाहक गाडीको भाडा साविकको भाडामा न्यूनतम ५.४१ प्रतिशतदेखि अधिकतम ७.६८ प्रतिशतसम्मले घटाइएको छ। जुन भाडा यात्रुवाहक सवारीमा ५.४१ प्रतिशतले, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले घटाइएको जनाएको छ।

Share

Leave a Reply