काठमाण्डौ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेकाे छ । नेपाल अायल निगमकाे सञ्चालक समितिको अाज बसेकाे बैठकले पेट्रोलमा प्रति लिटर २० र डिजल र मट्टितेलमा २९ रुपैयाँ मुल्य घटाइएकाे हाे । सरकारले कर कटौती गरी मूल्य घटाउने निर्णय गरेसँगै पेट्रोल एक सय ७९ र डिजेल प्रतिलिटर एक सय ६३ रूपैया कायम भएकाे छ ।
निगमका अनुसार असार ५ गते राती १२ बजे देखि लागू हुने गरि पछिल्लाे पटक पेट्रोल र डिजेलको मूल्य बढाएको थियो । जसमा पेट्रोलको मूल्य एक सय ९९ र डिजेलको मूल्य एक सय ९२ पुर्याइएको थियो ।
मुल्य बृद्दिकाे सर्वत्र वराेध भएरहेका बेला सरकारले डिजल र पेट्राेलकाे मुल्य घटाए पनि हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत राखेकाे प्रेस विज्ञप्ति जारि गरिएको छ ।













