सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । साथै नगरकाे १५ अाैं नगरशभाले आर्थिक वर्ष २०७९/०८० का लागि आय र व्यय गरी एक अर्ब एक करोड २३ लाख ३९ हजार बराबरको बजेट प्रस्तुत गरेकाे छ । शुक्रबार नगर उपप्रमुख गुलिया कुमारी चौधरीले नगर सभामा उत्त बजेट प्रस्तुत गरेकी हुन् ।
नगरकाे बजेटमा राजश्व बाँडफाँडमा संघीय सरकारबाट १७ करोड २५ लाख ६४ हजार र प्रदेश सरकारबाट ५९ लाख ४९ हजार एवं वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट २० करोड ७० लाख, प्रदेश सरकार बाट एक करोड ५४ लाख ३६ हजारको सीमा अनुमान गरि बजेट पेस गरिएको छ ।
त्यस्तै गरी समपुर अनुदान संघीय सरकारबाट प्राप्त तीन करोड ९० लाख र प्रदेश सरकारबाट एक करोड १८ लाख, विशेष अनुदान संघीय सरकारबाट पाँच करोड ८५ लाख, प्रदेश सरकारबाट ९५ लाख समावेश गरिएकाे छ । संघीय सरकारबाट प्राप्त सशर्त अनुदान ३५ करोड ७६ लाख र आन्तरिक श्रोतबाट प्राप्त नगद राजश्व १३ करोड ५० लाख प्राप्त हुने अनुमान गरि जम्मा आय तर्फ एक अर्ब एक करोड २३ लाख ३९ हजार बराबरको अनुमानित बजेट सभामा पेस गरिएको हाे ।
त्यसै गरी व्यय तर्फ अनुमानित बजेट नगरपालिका कार्यालयमा १५ करोड ४९ लाख १३ हजार, वडा कार्यालयहरूमा ९ करोड ६७ लाख, शिक्षा युवा तथा खेलकुद शाखामा ३१ करोड ११ लाख, स्वास्थ्य शाखा तर्फ पाँच करोड ९३ लाख, कृषि शाखामा दुर्इ करोड तीन लाख, पशु शाखामा ४३ लाख, न्यायिक समिति तर्फ १० लाख, सूचना तथा प्रविधि शाखामा ४० लाख, पर्यटन तर्फ १५ लाख, महिला तथा बालबालिका तर्फ २० लाख, राष्ट्रिय परिचय पत्र तथा पंजीकरणमा १८ लाख, उद्यम विकास तर्फ ४१ लाख, रोजगार सेवा केन्द्रमा एक करोड ५७ लाख गरी विनियोजन गरिएको छ ।
सहकारी तर्फ भने १२ लाख, नविकरणीय उर्जा १० लाख, संस्कृति पर्यटन विकास १५ लाख,पर्यटन प्रबर्द्धन कार्यक्रम ४० लाख, तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ७५ लाख, झोलुङ्गे पुल विकास निर्माण ३७ लाख, सुरक्षित नागरिक आवास कार्यक्रममा एक करोड २ लाख, नगरपालिका कार्यालयको पूँजीगत तर्फमा ७ करोड २१ लाख २३ हजार रहेकाे छ ।
गत वर्षको दायित्व भुक्तनी बाँकी रहेको तीन करोड ५० लाख, दाखिला गर्ने बाँकी कर ५० लाख, लागत साझेदारी कोष तर्फ २ करोड ५० लाख, संघीय सरकारबाट समपूरक अनुदान सात करोड ८० लाख, प्रदेश सरकार समपूरक अनुदानबाट २ करोड ३६ लाख, संघीय सरकारबाट विशेष अनुदान पाँच करोड ८५ लाख र प्रदेश सरकारबाट विशेष अनुदान ९५ लाख गरी कुल एक अर्ब एक करोड २३ लाख ३९ हजारको अनुमानित बजेट नगर सभामा पेस गरिएको छ ।














