डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीलाई

काठमाडौं । डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको  शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा  विजेता भएसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप र परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनर अप भएको छ ।  विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले पुरस्कार र ट्रफी प्रदान गरे । लक्ष्मण पौडेलले निर्देशन गरेको कार्यक्रम हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटीकोरियोग्राफर जोडीले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकको रूपमा नायिका गौरी मल्ल, नायक दिलीप रायमाझी र कोरियोग्राफर रेनशा बान्तवा राई रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् ।

एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

Leave a Reply