विप्लव नेतृत्वकाे नेकपाका नेताको सामूहिक राजिनामा 

काठमाण्डौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका चार जना नेताले राजिनामा दिएका छन् । आज एक विज्ञप्ति जारी गरि कम्युनिष्ट आन्दोलनलाई फुटेर नभई जुटेर अगाडि बढाउनु पर्ने भन्दै पूर्व सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन, सेती ब्युरो इन्चार्ज शंकर बहादुर खड्का, महाकाली इन्चार्ज दल बहादुर धामी र  विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका छन् ।

 

माओवादी आन्दोलनले लामो इतिहास बोकेको र पछिल्लो समयमा आएर पार्टी फुटेर टुक्रा टुक्रा भइरहँदा कम्युनिष्ट आन्दोलनको अस्तित्व नै धरापमा पर्न लागेको भन्दै उनीहरूले अब राजनीतिक धारा र बाटो बदल्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टीबाट अलग हुँदै  उनीहरूले आगामी दिनमा अलग अलग भएका माओवादी नेता कार्यकर्तालाई एक हुन समेत आग्रह गरेका छन् ।

Share

Leave a Reply