अन्ततः एसपिपिमा नेपाल सहभागि नहुने

काठमाडाैं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्राेग्राम ( एसपिपि ) मा सहभागी नजनाउने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले एसपिपिमा सहभागी नहुने भनी अमेरिकी सरकारलाई पत्राचार गर्ने निर्णय गरेकाे हाे । एसपिपीमा सहभागी हुन पुर्ववर्ति सरकारले नै प्रस्ताव गरि नेपालकै पहलमा अघि बढेकाे हाे।

संघीय संसदमा पनि सत्तारूढ तथा प्रतिपक्षी दुबै तर्फकाे सांसदहरुकाे बिराेधकाे बाबजुत गृहमन्त्री बालकृष्ण खाडले एसपिपिमा सहभागी नभएको र नहुने भनी सदनलाई जानकारी दिएका थिए। यसकाे साथसाथै नेपाली सेनाले पनि उक्त विषयमा असार १ गते आफ्नाे वक्तव्य जारी गर्दै समझदारी र सहमति नगरिएको स्पष्ट पारेकाे छ।

आसन्न प्रधानमन्त्रीकाे अमेरिकी भ्रमण र अमेरिकी उच्च पदस्थ सेनाकाे अधिकारी काे नेपाल आगमनसँगै विषय तातेकाे हाे । अमेरिकी सेना नेपालकाे उच्च स्थानमा बसी तालिम,सैन्य अभ्यास गर्ने जस्ता १० बुँदे मस्यौदा सार्वजनिक भएपछी जनस्तरबाट चर्काे बिराेध भएको हाे ।

तर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री ले २०१५ मा नै  एसपिपिमा सहभागी हुन अमेरिकी राजदुतलाई लेखिएका पत्र सार्वजनिक भएसँगै परिस्थिति फरियाे। एसपीपीमा सबैजसाे दल र दलका नेताहरू चाेखिन प्रयास गरेसँगै र नेपाली जनताको तिब्र बिराेधपछि रोकिनु जनप्रिय काम हाे। हाल शिर्ष नेताहरु केपी ओली, प्रचण्ड देखि नेपाली काङ्ग्रेसको महामन्त्री सम्म राेक्न सक्रिय भएकोले अन्तत: यस कदमबाट सरकार पछी हटेकाे हो।

Share

Leave a Reply