नुहाउँदा पानीमा यी चिज मिसाउनुहोस्, छालासँग सम्बन्धि यी समस्याहरू हट्छन्

 अदुवा: यदि तपाईँलाई मांसपेशी दुख्ने समस्या छ भने एउटा बाल्टिनमा पानी तताएर त्यसमा एक चम्चा ताजा अदुवा काटेर केही बेर राख्नुहोस् । त्यसपछि यो पानीले नुहाउनुहोस् । यसले दुखाइमा ठूलो राहत दिन्छ । यदि गर्मी मौसम छ भने अदुवालाई ताजा पानीमा हालेर केही बेर राखेर नुहाउनुस्

जैतुनको तेल: यदि तपाईंको छाला सुख्खा छ र निर्जीव देखिन्छ भने जैतुनको तेल मिसाएर नुहाउनु पर्छ । जाडोमा यसो गर्दा राम्रो नतिजा मिल्छ । यसबाहेक, यदि तपाईँ बाथटब प्रयोग गर्नुहुन्न भने, सामान्य टबमा दुई वा तीन चम्चा जैतुनको तेल हालेर नुहाउनुहोस् । यसले तपाईंको छालाको सुक्खापन पनि हटाएर छालामा चमक ल्याउनेछ । बाथटबबाट बाहिर निस्कँदा सावधान रहनुहोस् यसले तपाईंलाई चिप्लो पनि बनाउन सक्छ ।

ल्याभेन्डर तेल: ल्याभेन्डर बास्ना आउने तेल हो । यो बास्ना आउने लेभेन्डर फूलबाट बन्छ । तनाव छ वा तनाव बढेको छ भने पानीमा केही थोपा ल्याभेन्डर तेल मिसाएर नुहाउनु पर्छ । ल्याभेन्डर तेलको सुगन्धले दिमागलाई शान्त पार्छ र तनाव कम गर्छ । यसले छालालाई डिटक्सिफाई गर्ने काम पनि गर्छ ।

जौं को दाल: छाला चिलाउने महसुस भएमा जौं को दाल अर्थात ओटमिललाई मलमलको कपडामा हालेर बाँधेर पानीमा डुबाउनुहोस् । त्यसलाई केही समय पानीमा सुत्न छोड्नुहोस्, त्यसपछि यो पानीले नुहाउनुहोस् । यसबाट चिलाउने समस्याबाट निक्कै राहत मिल्नुका साथै छालाको सुक्खापन पनि हट्नेछ ।

Share

Leave a Reply