शिक्षा नियमावली कार्यान्वयन गर्न गाउँपालिकाको निर्देशन

 कैलाली । कैलालीको जोशीपुर गाउँपालिकामा सामुदायिक विद्यालयका शिक्षकहरूलाई शिक्षा नियमावली कार्यान्वयन गर्न निर्देशन गरिएकाे छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै शिक्षा ऐन २०२८ बमोजिम एकै समयमा एक भन्दा बढी संस्थामा काम गर्न नपाइने निर्देशन दिएको हाे

गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीले प्रचलित ऐन नियमावली विपरित कार्य गरे कानुन बमोजिम कारवाही गरिने समेत चेतावनी दिइएको छ ।

Share

Leave a Reply