काठमाडाैं । चलचित्र सम्हालिन्छ कहिले मन काे गीत ‘जरुरी कुरा छ’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा अाएकाे छ । चार दिनमा नै दश लाख बढी भ्युज सहित गीतको भिडियो युट्युबको शीर्ष स्थानमा आएको हो । गीतमा चर्चित नायिका पुजा शर्मा र नवनायक सोनम तोप्देनलाई देख्न सकिन्छ ।
गायिका अञ्जु पन्त र गायक सुरेश लामाको स्वरमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको जरुरी कुरा छ एउटा रोमान्टिक भिडियोकाे रूपमा एक दमै रूचाइएकाे छ । कविराज गहतराजको कोरियाग्राफी रहेको भिडियोमा सिनेम्याटोग्राफर सौरभ लामाले युएइ र युकेमा दृश्य प्रस्तुत गरेका छन् ।
दर्शन थापाको निर्देशनमा एबी इनटरनेशनल व्यानरमा निर्माण भएको चलचित्र सम्हालिन्छ कहिले मन भदौ १८ गते तिजको अवसर पारेर प्रदर्शनकाे तयारीमा छ। पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनीत चलचित्र सम्हालिन्छ कहिले मन निर्माणको लामो समयसम्म कोरोना भाइरसका कारण रिलिज हुन सकेको थिएन ।
चलचित्र समालिन्छ कहिले मन नेपाली सिनेमा इतिहासमा अहिलेसम्म कै महँगो र फरक चलचित्र भएको निर्माण पक्षको दाबी छ ।












