कैलालीमा लागू औषध खैरो हिरोइन सहित २ जना प्रहरीको फन्दामा

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका बाट आज दिउँसो १ बजे  प्रहरीले लागू औषध खैरो हिरोइन र नगद सहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाको उपमहानगरपालिका-२, रामजानकी टोलका १९ वर्षीय दिपेन्द्र बहादुर मल्ल र वडा नं. का २९ वर्षीय चक्र सिंह पार्कीलाई प्रहरीले पक्राउ गरेको हाे । 

जिल्ला प्रहरी कैलालीबाट खटिएको विषेश प्रहरी टोलीले चेकजाँच गर्दा मल्लको घरबाट ५ ग्राम लागू औषध खैरो हिरोइन सहित नेपाली ४६ हजार ४५० सय  र भारतीय ४ हजार रुपैयाँ बरामद गरेकाे छ । यस्तै पार्कीको साथबाट ४ ग्राम ३०० मिलिग्राम लागू औषध बरामद गरी प्रहरीले पक्राउ गरेको र थप अनुसन्धान भैरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जानाएकाे ।

 

Leave a Reply