‘चिसो मान्छे’ को बक्स अफिस सफलता

 काठमाडाैंस्वस्तिमा खड्का र अर्पण थापा स्टार रहेकाे ‘चिसो मान्छे’ ले प्रदर्शन भएकाे ३ दिनमा नै एक करोड २८ लाख रुपैयाँ ग्रस ओपनिङ गरेको छ । चलचित्र प्रदर्शनमा पहिलाे दिन  शुक्रबार ४१ लाख, शनिबार ६२ लाख र आइतबार २५ लाख कमाइ गरेकाे छ ।

शर्मिला पाण्डे निर्देशित चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका रहेको छ । चलचित्रमा खाडी मुलुकमा कामदारकाे शवलाई काठमाडाैं देखि बाजुरासम्म पुर्याउदाको यात्राको कथा भनेको छ ।

चलचित्रकाे समीक्षाको प्रभाव आगामी साता देखिने आशामा निर्देशक खनाल रहेका छन् । उनका अघिल्ला चलचित्र पशुपतिप्रसाद, आमा र धनपतिले पनि पहिलो साताभन्दा दोस्रो सातामा उच्च कमाइ गरेका थिए ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *