कार्तिक आर्यनको ‘भुल भुलैया २’ ब्लकबस्टर

काठमाडौं ।  बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत ‘भुल भुलैया २’ बक्स अफिसमा उत्कृष्ट ठहरिएको छ । ७५ करोड लगानीमा बनेको फिल्मले शनिबारसम्म १८० करोड कमाई गरेको छ । ‘भुल भुलैया २’ सन् २०२२ को सबैभन्दा धेरै कमाउने बलिउड चलचित्र  बने सँगै कार्तिक आर्यनको पनि करियरकै सबैभन्दा सफल फिल्म बनेको छ । उनको पछिल्लो केही चलचित्रहरू सफल हुन सकेका थिएनन् । 

अनीस बज्मी निर्देशित ‘भुल भुलैया २’ मा कार्तिक आर्यन सँगै कियारा अड्वानी, तब्बु, राजपाल यादव लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। भारतमा धेरै ब्यापार गर्ने फिल्मको आधारमा वर्ष २०२२ को उत्कृष्ट ५ चलचित्रको चौथो स्थानमा ‘भुल भुलैया २’ परेको छ ।

यसैवर्ष रिलिज भएका बलिउड सुपरस्टारका सबैजसो  चलचित्र फ्लप भएकाे अवस्थामा भुलैया २ को ब्लकबस्टर सफलताले ठुलो महत्व राख्छ ।  राम्रो कलेक्सन गर्ने अपेक्षा गरिएका अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’, कंगना रनौतको ‘धाकड’, जोन अब्राहमको ‘अट्याक पार्ट-१’, अजय देवगनको ‘रनवे ३४’ र टाइगर श्राफको ‘हिरोपन्ती २’ जस्ता चलचित्रले बक्स अफिसमा खासै कमाल गर्न सकेका थिएनन् ।  

 

Leave a Reply