मिस नेपाल २०२२ काे उपाधि प्रियंका रानी जोशीलाई

काठमाडाैं । यस वर्षको मिस नेपालको उपाधि प्रियंका रानी जोशीले जितेकी छिन् । फाइनलमा २३ जना प्रतिस्पर्धीलाई उछिन्दै जोशी मिस नेपाल २०२२ काे विजेता बनेकी हुन् । उनलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले मिस नेपालको ताज पहिर्‍याएकी हुन् ।

यसपटक मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थका साथै विभिन्न ९ वटा सबटाइटलको विजेता समेत घोषणा गरिएको छ । फाइनल प्रतिस्पर्धामा नीति शाह, निश्चल बस्नेतसहित ११ जना निर्णायकको रुपमा रहेका थिए । ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका ८ सय जना सहभागी मध्ये २४ जना फाइनलमा छानिएका थिए ।

प्रतियोगिताको फाइनलमा विजेता प्रियंका रानी जोशीसँगै आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ उपाधिका लागि प्रतिष्पर्धामा रहेका थिए ।

कोरोना महामारीको कारण दुर्इ वर्षसम्म रोकिएको मिस नेपाल प्रतियोगिता यस वर्ष भौतिकरूपमा ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको हो। यस अघिको मिस नेपाल कार्यक्रम ५ डिसेम्बर २०२० मा भएको थियो । ‘द हिडन ट्रेजर’ काे आयोजनामा सन १९९४ देखि प्रत्येक वर्ष प्रतियोगिता हुँदै आएकोछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *