पर्यटन मन्त्री आले आज डोटीको बडीकेदारमा 

सुखड । आज संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेमगर डोटीको बडीकेदारमा रहेको बडीकेदार शक्तिपीठको नयाँ निर्माण पदमार्ग उद्घाटन गर्न त्यहाँ जान लागेका छन् । 

जिल्लाको बडीकेदार गाउँपालिकाका दक्षिण भेगमा रहेको धार्मिक पर्यटकीय स्थल बडीकेदार शक्तिपीठको  नयाँ निर्माण पदमार्ग तथा विविध पूर्वाधार योजनाको शिलान्यास गर्न मन्त्री आले आज दिउँसो एक बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दिपेन्द्र राज सिराडीले जानकारी दिएका छन् ।  

त्यहाँको उद्घाटन कार्यक्रम सकेर बडीकेदार-५ अत्तरकाँडामा रहेको मेलघटी आधारभुत विद्यालयको भवन उद्घाटन गर्ने सिराडीले बताए ।

 

Leave a Reply