एसीसी महिला टी २० मा नेपाल आज कुवेतको सामना गर्दै 

एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतको सामना गर्ने भएको छ  । मलेसियाको किनरारा मैदानमा मध्यान्ह १२ः४५ सुरु हुने खेलमा नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।

शुक्रबार पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । हालसम्म कुवेतविरुद्ध नेपालले दुईपटक खेलेको छ । जसमा दुवै खेल नेपालले जितेकाे थियाे ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले आउँदो खेलहरूमा हङकङ र बहराइनको सामना गर्ने तालिका रहेको छ । १ खेलमा २ अङ्क जोडेर शीर्ष स्थानमा रहेकाे नेपाल सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्ने छ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-२० एसिया कप खेल्ने अवसर पाउने छन् ।

Leave a Reply