नेपाल र क्यानडाबीच टी २० र एक दिवसीय सिरिज हुने

काठमाडाैं । नेपाल र क्यानडा बिच  दुई  ओटा टी २० र एकदिवसीय शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार  आगामि असार १४ देखि क्यानडामा नेपाली राष्ट्रिय क्रिकेट टाेली र क्यानडाकाे टाेली बिच प्रतिष्पर्धा हुने भएकाे हाे ।

खेलको तालिका अनुसार नेपाल र क्यानडा बिच असार १४ मा पहिले दुई खेलको टी-२० सिरिज हुने छ भने दोस्रो खेल असार १५ गते सञ्चालन हुनेछ । यस्तै, नेपाल र क्यानडा बीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय खेल असार २१ गते हुने क्यानले जनाएको छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिज अघि नेपालले क्यानडासँग सिरिज खेल्न लागेको हो ।लिग-२ कै सिरिजका लागि नेपाली टोली यतिबेला अमेरिकाको भ्रमणमा रहेको छ । नेपालले आगामी जुलाईमा स्कटल्याण्डमा आयोजक स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । उत्त सिरिजमा नेपालले पहिलो खेल असार २७ मा नामिबियाविरुद्ध र दोस्रो खेल स्कटल्याण्ड विरुद्ध असार २९ मा खेल्ने तालिका छ । तेस्रो खेलमा भने नेपालले असार ३२ मा नामिबियाको सामना गर्नेछ । अन्तिम खेलमा नेपालको भेट घरेलु टोली स्कटल्याण्डसँग साउन १ मा हुने तालिका रहेकाे छ । 

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *