दोस्रो एक दिवसीय खेलमा श्रीलंकासँग अष्ट्रेलिया पराजित 

एजेन्सी । अष्ट्रेलियासँगको एकदिवसीय सिरिजमा घरेलु टोली श्रीलंका २६ रनले विजयी भएको छ । गएराती सम्पन्न खेलमा पानी परे पछि खेल डकवर्थ लुइस स्टर्न पद्धति (डिएलएस) मा लगिएकाे थियाे । घरेलु टोली श्रीलंकाले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सबै विकेट गुमाएर जम्मा १ सय ८९ रन मात समेटियाे । उसका लागि ओपनर डेविड वार्नरले ३७, ग्लेन म्याक्सवेलले ३०, स्टिभ स्मिथ २८ र ट्रभिस हेडले २३ रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न श्रीलंकाका चामिथा करुनारत्नेले तीन विकेट तथा दुश्मन्था चामेरा, धनन्जय डिसिल्भादुनिथ वेललागेले समान दुई विकेट हात पारे ।

त्यसअघि पल्लेकेले स्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको मौका पाएको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २ सय २० रन बनायो । बिचमा वर्षा बाधक बन्दा उसले पूरा ओभर खेल्न पाएन हो । श्रीलंकाका कुशल मेन्डिसल ३६, कप्तान दसुन शानका र धनन्जय डी सिल्भाले समान ३४ र दुनिथ वेललागेले २० रनको योगदान गरे ।

बलिङ तर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले सर्वाधिक चार, ग्लेन म्याक्सवेल, म्याथ्यू कुहनेमनले समान दुई र मिचेल स्वेप्सनले एक विकेट लिए । अष्ट्रेलिया श्रीलंकाबीचको तेस्रो खेल आइतबार हुनेछ । योसँगै पाँच खेलको श्रृखंला १/१ को अवस्थामा आइपुगेको छ । पहिलो खेलमा अष्ट्रेलियाले श्रीलंकालाई दुई विकेटले पराजित गरेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *