फिफा विश्वकप २०२२ का लागि ३२ टिमको  टुंगो

एजेन्सी । मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ मा सहभागिता जनाउने ३२ देशको टुंगो लागेको छ । विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

विश्वकपको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच अल बायत स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।  फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरियता क्रममा राखेर समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ ।आयोजक कतार पहिलो पटक विश्वकप खेल्दैछ ।

कुन समूहमा काे ?

समूह ‘ए’ मा आयोजक कतारसँगै नेदरल्याण्ड, सेनेगल, इक्वेडर रहेका छन् भने समूह ‘बी’ मा इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स परेका छन् । यसै गरि समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया, रहँदा फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया समूह ‘डी’ मा परेका छन् ।

यस्तै समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, कोस्टारिका र समूह ‘एफ’ मा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, तथा समूह ‘जी’ मा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन छन् भने पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना समूह ‘एच’ मा रहनेछन् । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *