एजेन्सी । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलमा नेपालले इन्डोनेसियासँग -० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको छ । आज बिहान कुवेतको जाबिर अल अहमद स्टेडियममा सम्पन्न तेस्रो चरणको नेपालको अन्तिम खेलमा इन्डोनेसियासँग स्तब्ध भएको हाे ।
राम्रो सुरुवात गरेपनि पहिलो हाफमा दुई र दोस्रो हाफमा खराब प्रदर्शन गरेपछि इन्डाेनेसियाले नेपालकाे गोलपोष्टमा थप पाँच गोल गर्यो । इन्डोनेसियालाई पहिलो हाफमा सुरुवाती अग्रता दिलाउन छैटौँ मिनेटमा मुहमद दिमास द्रजाडले एक र ४३ औं मिनेटमा वितान सुलेमानले थप एक गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफ सुरु भएसँगै ५४ औं मिनेटमा आर्यन्टोले, लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले टोलीका लागि क्रमश: तेस्राे र चौँथो गोल गरे । त्यसैगरी ८० औं मिनेटमा एल्कन बाग्गोटले , ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए । इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० गोलको फराकिलाे जित दिलाए ।
इन्डोनेसियासँगको खेलमा हार बेहोरेसँगै समूह ‘ए’ मा रहेको नेपालले अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएकाे छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० र दोश्रो खेलमा कुवेतसँग खेल ४-१ गाेल अन्तरले पराजित भएको थियो ।
समूह ‘ए’ को समाप्तिमा ९ अङ्कका साथ जोर्डन शीर्षस्थानमा रहँदा ६ अङ्कसहित इन्डोनेसिया दोस्रो र कुवेत ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।












