आईसीसीले लगाएको क्यान माथिको प्रतिबन्ध करिब ६ वर्ष पछि पूर्णरुपमा फुकुवा

कैलाली । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि  लगाएको प्रतिबन्ध करिब ६ वर्ष पछि सोमबार पूर्णरुपमा फुकुवा गरेको छ । २०७३ बैशाखमा आन्तरिक विवादमा परेको कारण देखाउँदै आईसीसीले क्यान माथि प्रतिबन्ध लगाएकाे थियाे । 

आईसीसीले ०७३ मा क्यानको अधिकारिकता विवाद अदालतमा रहेको र क्यान नेतृत्व विहीन रहेको भन्दै यूएईमा सम्पन्न बैठकले क्यानलाई पूर्ण रूपले निलम्बन गरेको थियो । तर २०७६ असोज ११ र १२ गरे काठमाण्डौमा क्यानकाे विशेष साधारण सभा मार्फत नयाँ निर्वाचित कार्यसमिति निर्वाचित गरे पछि आईसीसीले सोही वर्ष असोज २७ गते आंशिक रूपले क्यान माथिको प्रतिबन्ध फुकुवा  गरेको थियो । तर कन्ट्रोल फन्डिङमा भने राखेकै थियो ।

उसले आंशिक प्रतिबन्ध फुकुवा गर्दै संघको निर्वाचित कार्यसमितिले  आईसीसीको सम्पूर्ण मापदण्डहरूलाई पुरा गर्दै आर्थिक पारदर्शितामा गर्नुपर्ने सर्त राखेको थियो । सोही बमोजिम कार्यसमितिले कार्य गर्दै आएको र उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा आईसीसीले सोमबार एक पत्र मार्फत संघको कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाइएको जानकारी गराएकाे हाे

प्रतिबन्ध फुकुवासँगै आईसीसीले रोक्का गरेको आर्थिक अनुदान अन्य एक दिवसीय मान्यता प्राप्त एसोसिएट देशहरूले सरह नेपालले पनि उक्त आर्थिक अनुदान र गतिविधि गर्न पाउने भएको क्यानले जानकारी दिएको छ ।

क्यान निलम्बनमा पर्दा नेपाली क्रिकेटको सम्पूर्ण जिम्मेवारी तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सम्हालेका थिए । ०७६ असोज २७ मा आंशिक रूपले क्यानको फुकुवा भएको भोलिपल्ट खड्काले राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *