कैलालीमा लागू औषध सहित २ जना प्रहरीको नियन्त्रणमा

कैलाली । कैलालीको भजनी जोशीपुर सडक खण्ड स्थित महादेउलीबाट  प्रहरीले दुई जनालाई लागू औषध सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोमबार राति १२ बजे भजनी नगरपालिका ६ मा  सु.प.प्र.०१००१० प ६७२८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरू लागू औषध खैराै हिरोइन सहित पक्राउ परेका हुन् ।

पक्राउ परेका बर्दगोरिया गाउँपालिका ४ का २६ वर्षीय दिनेश ठकुल्ला र वडा नं.  १ का २५ वर्षीय यमराज शाहीको रहेका छन् । उनीहरूकाे साथबाट १५ ग्राम ५०० मिलिग्राम लागू औषध फेला परेको हाे ।  

दुवै जनालाई मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय भजनीमा राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *