युइएफए नेसन्स लिग : विश्वविजेता फ्रान्स क्रोएसियासँग १-० अन्तरले पराजित

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत गएराति पेरिसमा भएको खेलमा २०१८ को विश्वविजेता फ्रान्स उप विजेता क्रोएसियासँग १-० अन्तरले पराजित भएको छ । पाहुना टोली क्रोएसियाको जितमा लुका मोड्रिचले खेलको पाँचौं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो ।खेलमा घरेलु टोली फ्रान्सले पाएका अवसर गुमाउँदा हार बेहोर्न बाध्य भयो । 

योसँगै प्रतियोगितामा फ्रान्सले खराब प्रदर्शन गर्दै ४ खेलमा जम्मा दुई अङ्क जोड्दै अंक तालिकाकाे पुछारमा छ । क्रोएसिया भने ४ खेलबाट सात अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *