पेनाल्टी सुटआउट सँगै सडन डेथमा पेरुलाई पराजित गर्दै एसियाली मुलुक अस्ट्रेलिया कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ । गएराति निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी मार्फत भएको थियो । पेनाल्टी पनि ४-४ गोलको बराबरी भएपछि खेलको नतिजा सडन डेथमा भएको थियो । अस्ट्रेलियाका गोलरक्षक ३३ वर्षीय आन्द्रे रेडमायनेले पेरुका एलेक्स भालेराको पेनाल्टी बचाए ।
फिफा वरियतामा अष्ट्रेलिया ४२ र पेरु २२ स्थानमा छन् । यससँगै एसियाबाट जापान, साउदी अरविया, दक्षिण कोरिया, इरान, अस्ट्रेलिया र कतार गरी ६ टिमले विश्वकपमा सहभागिता जनाउने पक्का भएका छन् ।












