एएफसी एसियनकपमा नेपाल इन्डोनेसियाको सामना गर्दै

एएफसी एसियन कप छनोट फुटबलको तेस्रो चरणअन्तर्गत  नेपालले आफ्नो तेस्रो खेलमा आज  इन्डोनेसियाको सामना गर्दै छ । राती १ बजे हुने खेलमा जारी प्रतियोगिताबाट एक खेल पनि नजिती  बाहिरिसकेको नेपाल साख जोगाउने दाउमा छ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा जोर्डनसँग २-० र दोस्रो खेलमा घरेलु टोली कुवेतसँग ४-१ गोल अन्तरले हार बेहोरेको थियो । बलियो टोली जोर्डन विरुद्ध नेपालको युवा टोलीले हार बेहोरे पनि सन्तोषजनक प्रदर्शन भने गरेको थियो । 

दोस्रो स्थानमा रहेको इन्डोनेसिया नेपाललाई फराकिलो अन्तरले पराजित गर्दै एसियन कप छनोटको सम्भावना जीवितै राख चाहन्छ । इन्डोनेसिया फिफा वरियताको १५९ औं र नेपाल १६८ औं स्थानमा छ । हालसम्म इन्डोनेसिया विरुद्ध नेपालले जित निकाल्न सकेको छैन ।

लगातार दुई खेलमा हार बेहोरेपछि नेपालको आगामी एसियन कप यात्रामा पूर्णविराम लागेको छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *