काठमाडाैं । असार १ गते देखि कार्यालय समय पुरानै अवस्था कायम हुने भएको छ । गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै जेठ २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बुधबारदेखि बिदा र कार्यालय समय पुरानै अवस्थामा सञ्चालन हुने जनाएको हो ।
सरकारले पेट्रोलियम पदार्थ खपतमा न्यूनिकरण गर्ने भन्दै जेठ १ गते देखि हप्तामा दुर्इ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सर्वत्र चर्को विरोध भए पछि निर्णय कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै उक्त निर्णय खारेज गरेको जनाइएको छ ।
नयाँ निर्णय अनुरूप कार्यालय सञ्चालन गर्न दुई समय कायम गरेको छ । सरकारी कार्यालय असार १ गते देखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने जनाएको छ ।
यस्तै शुक्रवार पनि बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने भनिएको छ ।














