कैलालीमा लागू औषध कारोबार : प्रहरीकाे सक्रियता, एक सातामा ९ जना पक्राउ

कैलाली । कैलाली लागू औषध कारोबार  तथा प्रयोगकर्ताको अखडा  बन्दै गएको  छ । तर प्रहरीको सक्रियता बढेसँगै कारोबारमा संलग्न धमाधम पक्राउ पर्न थालेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पछिल्लो ५ दिनमा मात्र ९ जनालाई लागू औषध प्रयोग तथा कारोबारमा संलग्न रहेको भन्दै पक्राउ गरिएको छ । ६ जनालाई धनगढी उपमहानगरपालिकाबाट  र थप २ जनालाई गोदावरी नगरपालिका तथा १ जनालाई लम्कीचुहा नगरपालिकाबाट पक्राउ गरेको प्रहरी कार्यालयले सूचना जारि गरेको छ ।

प्रहरीले जिल्लाका विभिन्न स्थान बाट उनीहरूलाई रङ्गेहात लागू औषध खैरो हिरोइन सहित पक्राउ गरेको हो । सबै भन्दा बढी लागू औषध ब्राउन सुगर खैरो हिरोइन सहित  कारोबार तथा प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ । जेठ २२ गते देखि जेठ २८ गते शनिबार  सम्मको तथ्यांक हेर्दा  ९ जना लागू औषध प्रयोगकर्ता तथा कारोबारीबाट ७४ ग्राम ६१ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित पक्राउ गरिएको र  उनीहरूको साथबाट  ७९  हजार नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब  उपरीक्षक वेद प्रकाश जोशीले बताएका छन् । 

जेठ २२ गते धनगढी का फरक फरक स्थान बाट २ जना लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका थिए ।  पक्राउ पर्नेमा १ जना बझाङ जयपृथ्वी नगरपालिका ३ घर भई धनगढी भन्सार रोडका २३ वर्षीय  उमेश धामीलाई   ४४० मिलिग्राम  लागूऔषध खैरो हिरोइन सहित प्रहरीले पक्राउ गरेको थियो । यसै दिन भारतको पलिया  खिरीका केदार रानाका २३ बर्षिया छोरा  मङ्गल सिंह रानालाई ५ ग्राम  ३०० मिलिग्राम लागूऔषध  खैरो हिरोइन सहित प्रहरी पक्राउ गरेको थियो ।

यसै गरि २३ गते गोदावरी नगरपालिका बाट २ जना लागू औषध कारोबारमा संलग्न रहेको भन्दै पक्राउ परेका थिए । उनीहरूलाई अत्तरिया बजारमा  लागू औषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धनगढी ३, मिलनचोक स्थायी बसोबास रहेका डोटी जोरायल गाउँपालिका २, बुडरमा होटल सञ्चालन गरेका ४५ वर्षीय  प्रेम कुमार रेग्मी २० ग्राम ४१ मिलिग्राम खैरो हिरोइन, २० हजार नगद रुपैयाँ सहित पक्राउ परेका थिए । रेग्मीले दिएको बयानका आधारमा कंञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका ५, का ४८ वर्षिय तेज बहादुर खड्कालाई  गोदावरी नगरपालिका ३ चौकीडाडा बाट प्रहरीले पक्राउ गरेको थियो ।

लम्कीचुहा नगरपालिका ३, चिसापानी बाट प्रहरीले १७ पोका ( ४४६० मिलिग्राम  खैरो हिरोइन ) सहित   मोहन्याल गाउँपालिका ७, बडीगाउँका  १८ वर्षीय भावेश थापालाई पक्राउ गरेको थियो । त्यस्तै गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनगढीका विभिन्न स्थान बाट गत २४ गते लागू औषध कारोबरमा संलग्न ४ जनालाई पक्राउ गर्यो ।  जसमा लागू औषध कारोबारमा संलग्न रहेको समुहका ३ जना र कञ्चपुर पुनर्वास नगरपालिका १, का  ४२ वर्षिया डब बहादुर तामाङलाई ३० ग्राम औषध खैरो हिरोइन सहित प्रहरीले  पक्राउ गरेको थियो ।सेती प्रादेशिक अस्पताल नजिकै शंकास्पद रुपमा हिड्डुल गरिरहेका तामाङको साथ बाट उक्त परिमाणमा खैरो हिरोइन बरामद गरिएको थियो । उनिसँगै रहेका ३५ बर्षिया कान्छा तामाङको  साथबाट १० ग्राम  लागू औषध खैरो हिरोइन र  पुनर्वास १, कै  कान्छा तामाङलार्इ धनगढी २, त्रिनगर भन्सारबाट पक्राउ गरिएको थियो ।

त्यस्तै कंञ्चनपुरकै पुनर्बास १, कि २८ वर्षीया अन्जु सार्कीलार्इ ४९ हजार नगद सहित पक्राउ गरिएको थियो  । उनलार्इ धनगढी उपमहानगरपालिका ३, ट्राफिक चौराहाबाट  नियन्त्रणमा लिइएको थियो । लागू औषध खैरो हिरोईनको कारोबार गरिरहेको सूचनाको आधारमा प्रहरीले २४ गते नै  धनगढी उपमहानगरपालिका २, का २८ वर्षीय हेम खत्रीलाइ पक्राउ गरेको थियो । उनको कोठाबाट  ८ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।   

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *