एसियन कप छनोटमा नेपाल र कुवेत भिड्दै

एएफसी एसियन कप छनोटमा  नेपाल र घरेलु टोली कुवेत भिड्ने भएका छन् । आज राती १० बजे कुवेतको जाबिर अल अहमद मैदानमा हुने खेलमा नेपालले छनोट प्रतियोगिता अन्तर्गत कुवेतसँग आफ्नो दोस्रो खेल खेल्न लागेको हो । यसअघि बुधवार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै कुवेत आफ्नो पहिलो खेलमा इन्डोनेसियासँग पराजित भएको थियो । 

छनोटको समूह ’ए’ मा रहेको नेपाल अङ्कविहीन रहेको छ । नेपाल पुछारमा रहँदा अङ्कविहीन कुवेत तेस्रो स्थानमा छ । जोर्डन शीर्ष स्थानमा रहँदा इन्डोनेसिया दोस्रो स्थानमा रहेको छ । 

छनोट अन्तर्गत नेपालले अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले एसियन कप खेल्ने अवसर पाउने छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *