आईसीसी विश्व कप: नेपाल अमेरिकाको सामना गर्दै

अमेरिकामा सञ्चालित आईसीसी विश्व कप क्रिकेट लिग-२ छनोट अन्तर्गत  त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दै छ । नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको ह्युस्टनमा खेल सञ्चालन हुनेछ ।

यस अघि शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । हाल सम्म नेपाल १३ खेल मध्ये ६ मा जित र सातमा हार बेहोरेर १२ अङ्क सहित छैटौँ स्थानमा छ ।  त्यस्तै अमेरिका २१ खेलमा १० मा जित र ११ हार सहित २० अङ्कका साथ चौथो स्थानमा रहेको छ ।

ओमान ३४ खेलमा ४२ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । नेपालले तेस्रो खेलमा फेरि ओमानसँग जेठ ३१ गते र अन्तिम खेलमा अमेरिकासँग असार १ गते खेल्ने तालिका रहेको छ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *