म्याच फिक्सिङको आरोपमा दक्षिण अफ्रिकी चार क्लबमाथि आजीवन प्रतिबन्ध

दक्षिण अफ्रिकी फुटबलको चौथो श्रेणीका चारवटा क्लबहरू माटियासी, शिभुलानी डेन्जरस टाईगर्स, कोटोको ह्यापी ब्वाइज र नासामी माइटी बड्स माथि आजीवन प्रतिबन्ध लगाइएको छ । क्लबहरूमाथि प्रतिबन्ध लागे पछि त्यहाँका निकायहरूले प्रशिक्षक, अधिकारी तथा रेफ्रीहरूलाई प्रशिक्षित गर्न कार्यशालाको श्रृंखला सुरु गरेका जनाइएको छ ।

उपाधि प्रतिस्पर्धाको दौडमा रहेको खेल तालिकामा शीर्ष स्थानका प्रतिद्वन्द्वीहरू माटियासी फुटबल क्लब र शिभुलानी डेन्जरस टाइगर्सबीचको खेलमा कसैले कहिल्यै नसोचेको अनौठो अङ्क देखा परेको थियो ।

मे महिनाको अन्तिममा टाइगर्सले ३३-१ गोल अन्तरले कोटोको ह्याप्पी बोइजलाई पराजित गरेको थियो । यस्तै माटियासीले तेस्रो स्थानको नसामी माइटी बर्ड्सविरुद्ध ५९-१ गोल अन्तरको अनौठो जित हात पारेको थियो ।

खेलमा मिलेमतो अर्थात म्याच फिक्सिङ् गरेको अभियोगमा क्लबका अधिकारीहरूमाथि मे २२ मा पाँचदेखि आठ सीजन प्रतिबन्ध लगाइएको छ भने खेलका अधिकारीहरूलाई १० वटा सिजनको लागि प्रतिबन्ध लगाइएको जनाइएको छ । 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *