गएराति कोलम्बोस्थित आर प्रेमदास स्टेडियममा सम्पन्न दोस्रो खेलमा श्रीलंकालाई ३ विकेटले पाखा लगाउँदै तीन खेलको टी–२० श्रृंखला कङ्गारु टोली अष्ट्रेलियाले एक खेल अगावै आफ्नो पाेल्टा पारेको छ ।
दोस्रो खेलमा श्रीलंकाले दिएको १ सय २५ रनकाे सामान्य लक्ष्य अष्ट्रेलियाले १७ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि म्याथ्यू वेडले अविजित २६, कप्तान आरोन फिन्चले २४, डेविड वार्नरले २१, रन बनाए । श्रीलंकाका लागि वानिन्दु हसरंगाले सर्वाधिक चार विकेट हात पार्दा नुवान तुषारा र दुश्मन्था चामेराले समान एक विकेट लिए ।
यस अघि कोलम्बो टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १ सय २४ रन मात्र बनाउन सक्यो । उसका लागि चारिथ असलंकाले सर्वाधिक ३९ र कुशल मेन्डिसले ३६ रन बनाए भने अन्य खेलाडीले भने राम्रो प्रदर्शन सकेनन ।
बलिङ तर्फ अष्ट्रेलियाका केन रिचर्डसनले सर्वाधिक चार विकेट लिँदा झय रिचडर्सनले तीन तथा ग्लेन म्याक्सवेलले एक विकेट लिए । श्रीलंका–अष्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आउँदो शनिबार हुनेछ ।













