एएफसी एसियन कप पहिलाे छनोट खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भएको छ । गएराती कुवेतको जाबेर अल अहमद रङ्गशालामा सम्पन्न खेलमा जोर्डनले नेपाल विरूद्द दुई गोल गर्न सफल भयो । पहिलो हाफ गोल रहित बराबरी सकिए पनि दोस्रो हाफमा दुर्इ गाेल गर्दै जित हात पारेकाे उसका लागि अली अल्वानले खेलको ६८ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा नेपालका सुमन अर्यालले डिबक्समा फल गरेपछि पाएको अवसरमा जोर्डनका हम्जा अल दरदुरले गोल गर्दै खेल २-० को अवस्थामा पु¥याए ।
छनोट खेलमा जितबाट सुरुवात गर्दै जोर्डनले पहिलो खेलमा नै ३ अङ्क जोडेको छ । नेपाल शनिबार घरेलु टोली कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दै छ भने आउँदो ३१ गते इन्डोनेसियासँग खेल्नेछ । नेपाल यस छनोट प्रतियोगिताका खेलमा समूह ’ए’ मा रहेको छ ।













