असार १ गतेदेखि सडक खन्न नपाइने: सडक विभाग

काठमाडाैं । सडक विभागले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न स्वीकृति नदिने भएकाे छ । अाज  एक सूचना जारी गर्दै असार १ गतेदेखि भाद्र मसान्तसम्म सडक विभाग अन्तर्गतका कुनैपनि सडक खन्ने स्वीकृति नदिने जनाएकाे हाे ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यस्ताे गर्न लागिएकाे जनाएकाे छ । साथै कसैले जबरजस्ती सडक खनेको पाइएमा कडा कारबाही गरिने समेत जनाइएकाे छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *