अष्ट्रेलिया विश्वकप छनोट नजिक

एसियाली क्षेत्रको प्लेअफमा संयुक्त अरब इमिरेट्स (युएई)लाई २-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले  २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल छनोटको प्लेअफ फाइनलमा स्थान सुरक्षित गरेकाे छ । कतारमा गए राति भएको  खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पछि खेलकाे ५३ औं मिनेटमा अष्ट्रेलियाका ज्याक्सन इर्भिनले गोल गर्दै अग्रता दिलाए । ५७ औँ मिनेटमा यूएईका काइओले गोल गर्दै खेल बराबरीमा पु¥याए । तर ८४ औँ मिनेटमा अष्ट्रेलियाका एज्दिन रुस्टिकले गोलनै निर्णायक भयाे ।

अब अष्ट्रेलियाले विश्वकपमा स्थान बनाउनका लागि अन्तर्राष्ट्रिय प्ले अफमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । पेरुलाई पराजित गर्न सके अष्ट्रेलिया सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गर्नेछ ।

 

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *