कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले भोलि शुक्रवार सार्वजनिक बिदा दिएको छ । पालिकाले २५ औँ मुक्त कमैया दिवसका अवसरमा शुक्रवार गाउँपालिका भर सार्वजनिक बिदा दिएको हो । आज सूचना जारी गर्दै पालिकाले यही असार २४ गतेको गाउँ कार्यपालिकाको निर्णय अनुसार बिदा दिइएको जनाएको छ । थारू समुदायको बाहुल्यता रहेको उक्त पालिकामा हरेक वर्ष मुक्त कमैया दिवसका अवसरमा बिदा हुने गरेको छ ।

कमैया प्रथा विशेष गरी नेपालका थारू समुदायमा प्रचलित एक प्रकारको बँधुवा श्रम प्रणाली हो। यस अन्तर्गत थारू समुदायका गरिब किसानहरूले वर्षौंदेखि जमिनदारको खेतबारीमा काम गरेबापत न्यूनतम पारिश्रमिक मात्र दिइन्थ्यो। २०५७ साल असार २ गते नेपाल सरकारले कमैया प्रथालाई गैरकानुनी घोषणा गर्दै कमैयालाई मुक्त गर्यो। यस दिनलाई सम्झनाका रूपमा हरेक वर्ष मुक्त कमैया दिवस मनाइन्छ।












