भारत महिला एसियन कपमा छनोट

भारत । भारतले थाइल्यान्डलाई २-१ ले पराजित गर्दै अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपका‌ लागि छनोट भएको छ। भारतको जितमा दुबै गोल संगिता बसफोरले गरिन्।

शतप्रतिशत जित सहित भारत समुह विजेता बन्दै अष्ट्रेलियाको टिकट काट्न सफल भएको हो। भारत सन् २००३ पछि पहिलो पटक छनोट भएको हो।

थाइल्यान्डले बलमा पकड बढी बनाएपनि भारतले रक्षात्मक रूपमा मजबुत खेल प्रस्तुत गर्यो। संगिताको गोलमा भारतले पहिलो हाफमा १-० को अग्रता बनायो।

दोस्रो हाफ सुरु भएको दुई मिनेटमै थाइल्यान्डले खेल बराबरीमा ल्यायो। चाचावन रोडथोङको टाढाबाट हानेको प्रहार गोलमा परिणत भयो।

भारतले थाइल्यान्डलाई खेलमा फर्किन दिएन। ७४औं डिफेन्डर निर्मला देवीले दिएको कर्नरमा शिल्की देवीले बललाई हेडमार्फत अगाडि बढाइन्।‌ जसलाई संगिताले सही दिशा दिइन् ।

४ खेलमा १२ अंक जोडेर भारत एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ मा स्थान सुरक्षित गरेको हो। अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेश यसअघि नै एसियन कपका छनोट भइसकेको छ।

Share